• Friday 24th of July 2026

गाउँमै बर्थिङ सेन्टर खुलेपछि सेवा सहज


  • गोकर्णेश्वर अनलाइन

पहिलो सन्तानका रुपमा छोरा जन्मिँदा निकै सास्ती भोगेको ती दिन अझै ताजै छ हेलम्बुका आशाराम तामाङलाई । आफूले पाएको दुःख मात्रै नभई काभ्रेको धुलिखेलमा महङ्गो खर्च गरेपछि मात्रै उनकी श्रीमतीले छोरालाई जन्म दिएकी थिइन् । तर, अहिले गाउँमै बर्थिङ सेन्टर खुलेपछि आशारामको दोस्रो सन्तानलाई जन्माउन उनकी श्रीमतीलाई कुनै अप्ठ्यारो भएन । आशारामको दाम्पत्य जीवनमा अर्काे छोराको आगमनपछि खुशी छन् । अहिले आफ्नै गाउँको स्वास्थ्यचौकीमा श्रीमतीलाई सुत्केरी गराउन ल्याउँदा खर्चबापत रु आठ हजार र सुत्केरीका लागि दालको दोहोरो सुविधा पाउँदा हेलम्बु गाउँपालिका महाकालका तामाङले स्थानीय तहले असल काम गरेको अनुभूति सुनाउँछन् । “पहिला झैँ सास्ती होला भन्ने मनमा डर थियो तर अहिले निकै सहज भयो”, आशाराम भन्नुहुन्छ, “गाउँमै सजिलै सुत्केरी गराउन पाउँदा गाउँवासीले सुविधा पाएका छन् ।” पहिलो छोराको जन्म काभ्रेको धुलिखेल अस्पतालमा हुँदा धेरै सास्ती खेप्नुपरेको उहाँको दाम्पत्यको भोगाइ छ ।

हेलम्बु गाउँपालिकाले सरकारले दिएको सुत्केरी भत्तामा थप रु तीन हजारको व्यवस्था गरेपछि गर्भवती महिलाले गर्भावस्थाको जाँचका लागि स्वास्थ्य चौकीमा नियमित आउने गरेको स्वास्थ्य चौकीकी अहेब जसमाया जिरेलको भनाइ छ । “सुविधा पाएपछि र स्वास्थ्यबारे चेतना पाएकै कारण गर्भवती महिला स्वास्थ्य चौकी आउनेक्रम बढेको छ”, उहाँले भन्नुभयो । गर्भवती महिलालाई घरमै सुत्केरी गराउन नसकेको खण्डमा विकट गाउँवासीले डोकामा बोकेर अस्पताल या स्वास्थ्य केन्द्र लानुपर्ने बाध्यता अझै छ । हेलम्बु निकै विकट गाउँ हो । यहाँ पनि यस्तो अवस्था अझै रहेको गाउँपालिका उपाध्यक्ष कोपिला पण्डित बताउनुहुन्छ । “यस्तो अवस्थाको अन्त्य गर्न गाउँपालिकाले आगामी वर्ष रु १५ लाखको बजेट छुट्याउने योजना छ”, उहाँले भन्नन्ुभयो । भूकम्पपछि जिल्लाको ७९ साविक गाविसमा रहेको स्वास्थ्यचौकीमा क्षति पुगेको थियो । अधिकांश गाउँमा बर्थिङ सेन्टर नहुँदा सुत्केरी समस्याका कारण सुत्केरी र बच्चाको मृत्यु हुने गरेकोसमेत थियो ।

मातृ र शिशु मृत्युदर रोक्नका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले १४ वडा बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी निर्माण गरेको कार्यालय प्रमुख राजकुमार लम्सालले जानकारी दिनुभयो । असी वटा स्वास्थ्य चौकीमध्ये ४१ वटा स्वास्थ्यचौकी प्रसूतिगृहसहित सञ्चालन हँुदा गाउँकै स्वास्थ्यचौकीमा सुत्केरी आमाको सङ्ख्या बढ्दै गएको छ । गोल्मे भ्यूपार्क निर्माणमा अनियमितता भयो कि ? सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा निर्माणाधीन गोल्मे भ्यूपार्क अन्तिम चरणमा पुगेको छ । झण्डै रु ५० लाखको लागतमा निर्माण भइरहेको भ्यूपार्कको निर्माणमा गुणस्तरहीन सामान प्रयोग गरेको र सम्झौताअनुसारको काम नगरी अनियमितता गरेको स्थानीयको आरोप छ । प्रदेश ३ सरकारको लगानीमा सिन्धुपाल्चोकको सुनकोशी गोल्मेमा अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले भ्यूपार्क निर्माण गर्न गइरहेको हो । निर्माणाधीन यो पार्कका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले झण्डै रु ५० लाख छुट्याएको छ । निर्माण कार्यमा ठेकेदारले कमसल सामग्री प्रयोग गरेको र सम्झौताअनुसारको काम नगरेको गोल्मे ऐँसेलुखर्क भ्यूपार्क निर्माण समितिकी कोषाध्यक्ष अम्बिका बस्नेतले बताउनुभयो ।

निर्माणको जिम्मा पाएको गोल्म ऐँसेलुखर्क भ्यूपार्क समितिले निर्माणमा कमसल सामग्री प्रयोग गरेको भए पनि प्रदेश सरकार मौन बसेको स्थानीयको आरोप छ । पार्क निर्माणमा संलग्न प्राविधिकले भने भ्यूपार्कको निर्माण सरकारी लागत र सम्झौताअनुसार नै भइरहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, हेटाँैडाका इञ्जिीनियर श्रीराम पौडेलको दाबी छ । हजारौँ पर्यटक पुग्नसक्ने गोल्मे भ्यूपार्कबाट बाह्रबिसे नगरपालिका, बलेफी गाउँपालिका, सुनकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखा र काभ्रेको रमणीय दृश्य देख्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटकको केन्द्रबिन्दु बन्नसक्ने यस भ्यूपार्कमा निर्माणाधीन टावर दिगो र गुणस्तरीय भएन भने दुर्घटना निम्त्याउने खतरा उत्तिकै छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology