• Tuesday 8th of September 2026

उपकरण सहयोगपछि प्रसूतिमा सहज


  • गोकर्णेश्वर अनलाइन

कोरियाली सहयोग नियोग(कोइका)ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवशयकपर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि अहिले यहाँका स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ । मुगुका चारवटै स्थानीय तह अन्तर्गतका विभिन्न १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साँझेदार संस्था कणाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताउनुभयो । युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुञ्गेधारा र थार्प वर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरुगाउँपालिकाको नार्थपु वर्थिङ सेन्टरलाई प्रति वर्थिङ सेन्टर रु दुई लाख ५० हजार बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो ।

स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै १० वटै स्वास्थ्य संस्थामा पुगी पूर्णरुपमा उपकरणको जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबिए तालीम प्राप्त कार्यरत एएनएमलाई तालीम दिइएको छ । छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार प्रसुूति गृहमा आफ्नो नगरक्षेत्रमा रहेका प्रसूतिगृहमा प्रर्याप्त मात्रामा उपकरण तथा सामग्री नहुँदा स्वास्थ्यकर्मी आफ्नो स्वास्थ्यको पनि ख्यालै नगरी प्रसूति कार्यमा संलग्न हुनुपर्ने अवस्था थियो भने प्रर्याप्त उपकरण नहुँदा नवजात शिशुलाई चिसोबाट बचाउन समस्या थियो तर कोइकाको आर्थिक सहयोगमा हालै उपकरण तथा सामग्री सहयोग भएपछि आफ्ना सबै स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज भएको र वनजात शिशु पनि सुरक्षित हुने गरेका छन् । विगतमा सीमित उपकरण र सामग्रीको कारणले सुरक्षित प्रसूति सेवामा दिन समस्या हँुदै आएको र आफूलाई असहज हँुदा कयौं गर्भवती आमालाई जिल्लामा पठाउने गरेकोमा अब उपकरण र सामगी्र उपलब्ध भएपछि आफूहरुलाई जटिल बाहेक सबै प्रसूति सेवा दिन सहज भएको र यो सहज उपल्बध उपकरण र सामग्रीकै कारण भएको र प्रसूति गराउन अब आफू हौसिने गरेको प्रसूति केन्द्र नार्थपुका एएनएम जानकी शाही बताउनुहुन्छ ।

जिल्लाका अन्य स्थानीय तह भन्दा विकट तथा हावापानीका दृष्ट्रिकोणले सारै चिसो हुने क्षेत्र हो मुगुम कार्मारोङ गाउँपालिका यहाँका वर्थिङ सेन्टरमा जन्मने प्रायः बालबालिका चिसोका कारण बिरामी हुने, आमा बिरामी हुने घटना दोहारीरहन्थे तर यूनिसेफले आमा तथा नवजात शिशुलाई जन्मेपछि तातो बनाउने उपकरणलगायत प्रसूतिका बेला आवश्यकपर्ने अन्य उपकरण र सामग्री उपलब्ध गराएपछि यी सबै समस्या निराकरण भएको र स्थानीयवासीको वर्थिङ सेन्टरप्रतिको सोचाइ फेरिएको र घरमा भन्दा प्रसूति केन्द्रमा सुत्केरी गराउने महिलाको सङ्ख्या वृिद्घ हँुदै गएको एएनएम मीना लामा बताउनुहुन्छ । कोइकाको सहयोगमा हाल मुगु जिल्लामा मातृ नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ भने मुगालीले सुगम बराबरको स्वास्थ्य सेवा सहजै आफ्नै जिल्लामा पाउन भनेर जिल्ला सदरमुकाम गमगढीमा ५० करोड रुपैयाँ बढीको लागतमा कोइकाले जिल्ला अस्पताल निर्माण गरी रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology