• Tuesday 8th of September 2026

गर्भवतीको हेलिकप्टरबाट उद्धार


  • गोकर्णेश्वर अनलाइन

जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उहाँलेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology