• Saturday 25th of July 2026

बिजुलीबाट तीन सय घरधुरी लाभान्वित


  • गोकर्णेश्वर अनलाइन

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् । बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ । छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा रु १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology