• Saturday 25th of July 2026

फरार अभियुक्त कारागार चलान


  • गोकर्णेश्वर अनलाइन

विदेशी विनिमय मुद्रामा अदालतबाट दोषी सावित भई फरार रहेका सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका– २, तातोपानी निवासी ३२ वर्षीय गोम्दे तामाङलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सिन्धुपाल्चोकले विसं २०७३ वैशाख २२ गते गरेको फैसलाले उनलाई एक महिना कैदसहित रु एक करोड ८६ लाख १४ हजार ९८९ जरिवाना तोकेको थियो । लामो समयसम्म फरार रहेका तामाङलाई लुकिछिपी बसेका अवस्थामा सोमबार प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । विदेशी विनिमय नियन्त्रण ऐनअन्तर्गत तोकिएको जरिवाना तिर्न नसकेपछि दोषी तामाङलाई थप पाँच वर्ष कैद सजाय तोकी आज कारागार चलान गरिएको अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology