• Saturday 25th of July 2026

बँदेल आक्रमणमा तीन घाइते


  • गोकर्णेश्वर अनलाइन

बँदेलको आक्रमणमा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एकनारायण कोइरालाका अनुसार भरतपुर महानगरपालिका–१३ गङ्गानगरमा आफ्नै खेतमा काम गरिरहेका समयमा बँदेलले आक्रमण गरेको हो । बदेलको आक्रमणबाट स्थानीय ७६ वर्षीया केबी राई, ७१ वर्षीया कुमारी तामाङ र ३८ वर्षीय मोते दर्जी रहेका उहाँले जानकारी दिनुभयो । उहाँहरुलाई बिहान १०ः०० बजे आफ्नै खेतमा काम गरिरहेको समयमा नजिकै रहेको वनबाट निस्किएर बदेलले आक्रमण गरेको थियो । घाइते तीनै जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology