• Saturday 25th of July 2026

बलात्कार आरोपमा पक्राउ


  • गोकर्णेश्वर अनलाइन

सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬ निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिनुभयो । घटनापछि सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताउनुभयो । पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology