• Monday 27th of July 2026

कोटघर स्वास्थ्यचौकी सिल


  • गोकर्णेश्वर अनलाइन

कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन कनकासुन्दरी गाउँपालिका–८ स्थित पाण्डव गुफा कोटघर स्वास्थ्यचौकीलाई सिल गरिएको छ । कनकासुन्दरी–३ स्थायी घर भएको एक महिलालाई यहाँस्थित कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोन सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीलाई सिल गरिएको हो । स्वास्थ्यचौकी प्रमुख पद्मा रावतले स्वास्थ्यचौकी र आसपासका क्षेत्र सिल गरिएको र सम्पूर्ण सेवा अनिश्चितकालको लागि बन्द गरिएको जानकारी दिनुभयो । सरकारले लकडाउन खुला गरेपछि यहाँ पहिलोपटक कोरोना देखिएको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology