• Monday 5th of October 2026

जनकपुरधामका मृतकमा कोरोना पुष्टि


  • गोकर्णेश्वर अनलाइन

जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पु¥याउने बित्तिकै उनको मृत्यु भएको थियो ।

उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ । त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना सङ्क्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology