• Monday 5th of October 2026

‘कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने’


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने बताउनुभएको छ । सत्रौँ निजामती सेवा दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले अनुशासन, आचरणमा स्वच्छता एवं पारदर्शीता, व्यवहारमा सहजता, जिम्मेवारीप्रतिको जवाफदेहीता, कार्यसम्पादनमा सरलतासहितको निजामती सेवाले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई बोध गराउन सक्ने उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले सन्देशमार्फत स्थायी सरकारको रुपमा लिइने कर्मचारी संयन्त्रले विभिन्न कालखण्डमा आइपरेको विषम परिस्थितिमा समेत सेवा प्रवाहमार्फत राज्यको उपस्थितिलाई जनताको बीचमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सर्वविदितै रहेको बताउनुभएको छ । देशका परिवर्तनकारी आन्दोलनमा समेत निजामती कर्मचारिले अनेकौ चुनौतीको सामना गर्दै प्रत्यक्ष अप्रत्यक्षरुपमा योगदान पु-याउँदै आएको सन्देशमा मुख्यमन्त्री पौडेलले उल्लेख गर्नुभएको छ ।

निजामती कर्मचारीको क्षमता अभिवृद्धि, वैज्ञानिक एवं व्यवस्थित मूल्याङ्कन पद्दति, सुशासनलगायतका पक्ष मध्यनजर गर्दै कर्मचारी प्रशासनको प्रभावकारी परिचालनबाट मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ” पौडेलले भन्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology