• Thursday 30th of July 2026

नागार्जुनबाट स्वास्थ्य स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता


  • गोकर्णेश्वर अनलाइन

नागार्जुन नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु तीन हजार प्रोत्साहन भत्ता दिएको छ । नागरिकको स्वास्थ्यका लागि जुनसुकै अवस्थामा पनि खटिनुपर्ने भएकाले उनीहरुको कामको उच्च मूल्याङ्कन गर्दै अझ बढी काम गर्ने हौसला प्रदान होस् भन्ने उद्देश्यले नगरपालिकाका दश वटै वडाका ९७ स्वयंसेविकालाई रु तीन हजार प्रोत्साहन भत्ता दिइएको हो ।
सरकारले प्रदान गर्दै आएको रु ६ हजार र नगरपालिकाका तर्फबाट थप रु तीन हजार प्रोत्साहन भत्ता दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख सङ्गीता योगीले बताउनुभयो ।
स्वयंसेविकाले सुरक्षित प्रसूति सेवा, बालबालिकालाई खोप, गर्भवतीलाई आइरन चक्की वितरण, बालबालिकालाई भिटामिन खुवाउनेलगायत स्वास्थ्यका आधारभूत विषयमा सहयोग गर्दै आइरहरहेका छन् । यसैबीच नगरपालिकाले अतिविपन्न तथा ज्येष्ठ नागरिकलाई विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निःशुल्क स्वास्थ्य परीक्षण सेवाको दिइने जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology