• Tuesday 28th of July 2026

‘खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध’


  • गोकर्णेश्वर अनलाइन

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाविरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गर्नुभएको छ । हेटौँडा अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै उहाँले खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञको सुझाव रहेकाले सोहीअनुसार गर्न आग्रह गर्नुभएको हो ।

उहाँले प्रदेशमा रहेका ५०६ खोप केन्द्रबाट दैनिक खोप लगाउने काम भइरहेको जानकारी दिनुभयो । उहाँले ती केन्द्रबाट कोभिडविरुद्धको दोस्रो खोप अभियानअन्तर्गत आइतबार मात्रै ३१ हजार ४१७ ले खोप लगाएको जानकारी दिनुभयो । खोप पूर्णरुपमा सुरक्षित रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले आज प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताल खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाउनुभएको हो । उहाँसँगै उहाँकी धर्मपत्नी विजया, सुरक्षाकर्मी एवं सचिवालयका सदस्यले खोप लगाएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology