• Monday 27th of July 2026

नेपालमा आज थपिए दुई हजार ६३६ कोरोना सङ्क्रमित


  • गोकर्णेश्वर अनलाइन

नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ७४८ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अबधिमा सात हजार २५९ पिसिआर र चार हजार ४८९ एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । आज चार हजार ३४८ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोनामुक्त हुने ९३ प्रतिशत पुगेको छ । साथै सोही अबधिमा कोरोनाबाट २० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट नौ हजार ७१ जनाको ज्यान गएको मन्त्रायले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology