• Saturday 25th of July 2026

ब्राउन सुगरसहित तीन पक्राउ


  • गोकर्णेश्वर अनलाइन

धनगढी उपमहानगरपालिका–५ जाइँ बस्ने २८ वर्षीय इन्द्रजीत धामी, वडा नं ८ बस्ने १८ वर्षीया एलिसा तामाङ र बाजुरा त्रिवेणी नगरपालिका– ३ घर भई हाल धनगढी–१ बस्ने १९ वर्षीया मोनिका थापा भन्ने मोनिका बुढालाई गए राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिनुभयो । उनीहरु तीनै जनालाई धनगढीस्थित पुष्पाञ्जली होटलको कोठा नं ७०१ बाट तीन ग्राम ७६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology