• Saturday 25th of July 2026

सवारीको ठक्करबाट थारुको मृत्यु


  • गोकर्णेश्वर अनलाइन

भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया मगरणाडी–५ का ३३ वर्षीय सन्तराम थारु रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान करिब ४ बजेको समयमा थारुलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको थियो । ठक्करबाट घाइते थारुको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान ४ः५५ बजे मृत्यु भएको हो । ठक्कर दिने साधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology