• Monday 27th of July 2026

काभ्रेका दुई गाउँपालिका दुर्गमको सूचीमा, गर्भवती तथा सुत्केरीलाई हवाईद्वारा उद्धार


  • गोकर्णेश्वर अनलाइन

जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७’ मा यहाँका ती दुई गाउँपालिकालाई समावेश गराइएको हो ।

दुई गाउँपालिका दुर्गम क्षेत्रको सूचीमा पार्न सफल भएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । अब ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्धारको लागि लाग्ने खर्च मन्त्रालयले व्यहोर्ने भएको छ । राजधानीसँग जोडिएको जिल्ला भएपनि ती क्षेत्रमा अझै पनि हिउँदमा यातायातको साधन चलेको ठाउँ भएपनि ५–६ घण्टासम्मको यात्रा गरी जिल्ला सदरमुकाम आइपुग्नु पर्ने अवस्था रहेको छ ।

विकटको अत्ति दुर्गम क्षेत्र भएकै कारण दुई बर्षअघि पालिकाको वडा नं ७ का दुई गर्भवतीको समयमा उपचार नपाएर ज्यान गएको तथा २०७७ सालको साउन महिनामा मात्रै सोही वडाका अर्का गर्भवतीको लाख भन्दा बढी खर्च गरेर हेलिकप्टरमार्फत उद्धार गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology