• Monday 27th of July 2026

रगत अभाव हुन नदिन २७ जनाद्वारा रक्तदान


  • गोकर्णेश्वर अनलाइन

बडादशैँका बेलामा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी गुण्डू उपशाखाले आयोजना गरेको रक्तदानमा २७ जनाले रक्तदान गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ रातोपाटीमा आज प्रतिनिधिसभा सदस्य महेश बस्नेतले पहिलो रक्तदातालाई ब्लड ब्याग प्रदान गरी कार्यक्रम आरम्भ गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको प्राविधिक सहयोग र गुण्डू उपशाखाको व्यवस्थापनमा रक्तदान सम्पन्न भएको नेपाल रेडक्रस गुण्डू उपशाखाका सभापति रामकुमार बस्नेतले जानकारी दिनुभयो ।
उपशाखाले रगत अभाव हुन नदिन विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । गत बुधबार पनि उपशाखाले सूर्यविनायक नगरपालिका वडा नं ७ पुरानो बसपार्कमा आकस्मिक रूपमा रक्तदान कार्यक्रम गरेको थियो । यससँगै शाखाले विभिन्न समयमा विपत्मा परेका व्यक्तिलाई राहत प्रदान गर्नेदेखि अन्य सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology