• Monday 27th of July 2026

चालीस लाख नगदसहित गुप्ता पक्राउ


  • गोकर्णेश्वर अनलाइन

स्रोत नखुलेको रकम रु ४० लाखसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ का ब्यास गुप्ता पक्राउ परेका छन् ।

बुटवलबाट आएको रात्रि बसका यात्रीका सरसामान निरीक्षण गर्ने क्रममा गुप्ताबाट उक्त रकम बुरामद गरिएको हो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा आज यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ । यसैबीच, काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर सङ्गमबस्तीबाट लागूऔषध ब्राउन सुगरसहित तीनजना युवक पक्राउ परेका नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology