• Sunday 26th of July 2026

एक लाख ३५ हजार नगरवासीलाई शुद्ध पिउने पानी


  • गोकर्णेश्वर अनलाइन

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहानगरपालिकाका क्षेत्रभित्रका कूल एक लाख ३५ हजार नागरिकलाई दैनिक एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

बोर्डले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा हेटौँडाभित्रका १४ वडाका विभिन्न भूभागमा बसोबास गर्ने करिब एक लाख ३५ हजार नगरवासीलाई विभिन्न स्रोतबाट दैनिक सरदर एक करोड ५५ लाख लिटर शुद्ध पिउने पानी वितरण गर्दै आएको जानकारी दिइएको हो ।

बोर्डका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा बिलिङ गरेकामा रु नौ करोड १८ लाख ७२ हजारमध्ये रु नौ करोड १८ लाख ७२ हजार अर्थात् ९५ दशमलव १९ प्रतिशत महसुल उठाउन सफल भएको बोर्डका कार्यकारी निर्देशक शुदर्शन ढकालले बताउनुभयो ।

बोर्डले आर्थिक वर्ष २०७७÷७८ को प्रगति विवरण तथा आर्थिक वर्ष ७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममार्फत नगरवासीलाई एउटा सतहगत, २१ डिप बोरिङ, सात समवेलबाट नियमित दैनिक छदेखि सात घण्टा करिब २० हजार ८८४ धारामा करिब सरदर एक करोड ५५ लाख लिटर खानेपानी वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

आइतबारदेखि सेवा प्रवाह बन्द हुने

मकवानपुरमा कोरोना सङ्क्रमण बढ्नाका साथै जोखिम बढेको भन्दै यही साउन ३१ गतेदेखि एक हप्ताका लागि मालपोत कार्यालय र नापी कार्यालयको सेवा प्रभाव बन्द गरिने भएको छ ।

हेटौँडास्थित मालपोत कार्यालय भिडभाड बढेको र सङ्क्रमणको जोखिम उच्च भएकोले आइतबारदेखि एक हप्ता उक्त कार्यालयमा सेवा प्रवाह बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology