• Saturday 25th of July 2026

रामेछापमा खानेपानी आयोजनाका इन्जिनियर २८ लाख घुससहित पक्राउ


  • गोकर्णेश्वर अनलाइन

रामेछापमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर रु २८ लाख घुससहित पक्राउ परेका छन् । पक्राउपर्नेमा इञ्जिनीयर (आठौँ तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा रहेका छन् ।

उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज रु १६ लाख नगद र १२ लाखको चेकसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उनीहरूलाई खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीहरूलाई नगद चेक लिइसकेका अवस्थामा उक्त रकम र चेकसहित मन्थली– १ स्थित इञ्जिनीयरको निवासबाटै आज नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology