• Friday 24th of July 2026

ताप्लेजुङमा तीन घर जलेर नष्ट


  • गोकर्णेश्वर अनलाइन

ताप्लेजुङको मेरिङदेन गाँउपालिका–१ थिङ्लाबुमा आगलागीका कारण तीन घर जलेर नष्ट भएका छन् ।

आज भएको आगलागीका कारण भक्तराज चोङवाङ, बलबहादुर चोङवाङ र वीरध्वज चोङवाङको घर जलेर नष्ट भएको स्थानीय शिक्षक गणेश एभेङले जानकारी दिनुभयो । भक्तराज र बलबहादुरको तीन तले र वीरध्वजको दुई तले घरसहित घरभित्र रहेका सामान जलेर नष्ट हुँदा लाखौँको क्षति भएको स्थानीयले बताए । तीन वटा घर नजिक नजिक रहेकाले एकै समयमा जलेर नष्ट भएको जनाइएको छ ।

घटनाको स्थलगत अनुसन्धानका लागि सान्थाक्रा प्रहरीचौकीबाट प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आगलागीको कारण खुलेको छैन । यस्तै क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology