• Friday 24th of July 2026

अनाथ बालबालिकालाई शुद्ध पानी उपलब्ध गराउन रोटरी क्लब अफ होड्स्डनद्वारा सहयोग हस्तान्तरण


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन । रोटरी कलब अब होड्स्डनद्वारा निर्माण भएको शुद्ध पिउने पानी परियोजना सम्पन्न गरेर नेपाल महिला तथा बाल सेवा समाजलाई हस्तान्तरण गरिएको छ ।

नेपाल महिला तथा बाल सेवा समाजमा आश्रीत बालबालिकालाई लक्षित गरि बनाईएको शुद्ध पिउने प्लान्ट हस्तान्तरण भएको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष नन्दलाल श्रेस्ठको प्रमुख आतिथ्यतामा र गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य चन्द्रलाल श्रेस्ठ र सुमन लामाको आतिथ्यतामा सो परियोजना हस्तान्तरण गरिएको हो ।

कार्यक्रमको संयोजन राजर्श्री गुरुकुलका प्रधानाध्यापक एवम् समाजसेवी लियोन श्रेष्ठले गर्नु भएको थियो । श्रेस्ठले विगत १० वर्षदेखी अनाथ बालबालिकालाई सहयोग गर्दै आउनुभएको र सहयोगले अहिलेसम्म निरन्तरता पाएको नेपाल महिला तथा बाल सेवा समाजकी प्रतिनिधि तारा पुडासैनीले बताउनु भयो ।

कार्यक्रममा संस्थाको तर्फबाट तारा पुडासैनी,आशा अर्याल र समाजसेवी सिया श्रेस्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology