• Saturday 25th of July 2026

जङ्गलमा शव फेला


  • गोकर्णेश्वर अनलाइन

मकवानपुरगढी गाउँपालिका–४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । आज बिहान मनकामना सामुदायिक वनको जङ्गलमा फेला परेको शव मकवानपुरगढी –४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती अन्दाजी ३९÷४० वर्षीया प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology