हरेक समस्याको मुल कारण अस्वस्थता हो भन्ने मुलअवधारणामा बनेको टेलिसिरियलहो जीवनचक्र । नेपाल टेलिभिजनमाहालप्रशारण भइरहेको यो टेलिसिरियलको सुरुवाती चरणका केहीभागहरु कर्णाली क्षेत्रमा केन्द्रित रहेर मुगुको दुर्गम गाउँमा छायांकन गरिएको छ । जीवनचक्रमात्यहीकागाउँलेहरुले अभिनय गरेका छन् । स्वास्थ्यचौकीमाभूत बस्छ भन्ने जनविश्वासका कारण बन्दहुनपुगेको उक्त स्वास्थ्यचौकीखोल्न गाउँपुगेका स्वास्थ्यकर्मीको भूमिकाविशालपोख्रेलले अभिनय गरेका छन् । कर्णाली सिरिज पछि सुदुरपश्चिमसिरिज त्यसपछी मधेस सिरिज अनिअन्त्यमाशहर सिरिजका रुपमाआउने जीवनचक्र स्वास्थ्यकागम्भीर र जड विषयहरुमाकेन्द्रित रहि उत्पादन गरीएको छ ।
युनिसेफको सहयोगमा स्वास्थ्य सूचनातथा सञ्चार केन्द्रले निर्माण गरेको जीवनचक्र यस वर्ष मनोज पन्डितको लेखन र निर्देशनमानिर्माण भैरहेको छ भने अलथ्री मिडिया घरले प्राविधिकव्यवस्थापन गरिरहेको छ ।
मनोरञ्जनका अनेकौँ विकल्पउपलब्ध भैरहेको अवस्थामा यो नयाँ सस्करणकोजीवनचक्र नेपालीदर्शकले किन हेर्ने भन्ने प्रश्नमानिर्देशक पन्डित भन्छन्– “जीवनचक्रत्यस्तोमन्त्रहो जसले मानवसमाजको अधिकांश समस्या समाधान गर्न मार्गदर्शन गर्छ । यो सिरिज त्यो चेतनालाई आत्मसाथ गर्नका लागि हेर्ने हो । किनकीहामीअनेकौँ समस्याहरुबाट ग्रसित छौँ । मनोरञ्जन गर्नु मात्रै मुल कुरो होइन,चेतनाको विकास ठूलो कुरो हो तर त्यसो भन्दैमामनोरञ्जनलाई बेवास्तागरिएको छैन । श्रृजनशिलमनोरञ्जनलाई हामीले महत्वदिएका छाँै ।”
के तापाईं स्वस्थ हुनुहुन्छ ?भन्ने आफ्नो मुलमन्त्रबनाएको जीवनचक्रकालागिअध्ययन अनुसन्धानगर्दै जादा समाजमा पूर्ण स्वस्थमानिस भेटाउन गाह्रो भएको अनुभव सुनाउदै निर्देशक पन्डित भन्छन्, “हामी सबै अस्वस्थ छौ । भौतिक स्वास्थ्यको लागि केहीपहलभएपनिमानिसको स्वास्थ्यमाहामी सबैको ध्यानाकर्षण पुगेको छैन ।”जीवनचक्रले यहि एउटा तथ्य स्थापितमात्र गर्न सक्यो भने आफ्नो अथक र इमान्दार प्रयत्न सार्थक हुने उनी बताउछन् । नेपाल टेलिभिजनमा हरेक आईतबार ७ः२५ बजेप्रशारण हुदै आईरहेको जीवनचक्रको छायांकन डोर बहादुर कटुवाल, सम्पादन सन्तोष दवाडी र संगीतपुष्कर महतौले गरेका हुन् ।
https://www.youtube.com/watch?v=wMHULKKatZo
