• Friday 24th of July 2026

लकडाउनको कारण भोकै हुनुन्छ ? चिन्ता नलिनुस जोरपाटी युवा क्लबले बितरण गरिरहेको छ बिहान र बेलुकाको खाना


  • गोकर्णेश्वर अनलाइन

सुदर्शन बजगाई,गोकर्णेश्वर अनलाइन ।सिर्जना लामा ,लाक्पा डोमा शेर्पा र रेणु लामाको सहयोगमा दैनिक ३०० श्रमिक एवम् बिपन्न बर्गलाई जोरपाटीमा खाना खुवाउन सुरु गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ संगको सहकार्यमा जोरपाटी युवा क्लबको ब्यवस्थापनमा खाना खुवाउन थालिएको जोरपाटी युवा क्लबका अध्यक्ष साम्देन लामाले बताए । लकडाउन अवधीभर निशुल्क भोजन कार्यक्रम संचालन हुने जोरपाटी युवा क्लबका उपाध्यक्ष राजेश श्रेष्ठले गोकर्णेश्वर अनलाइनलाई बताए । खाना जोरपाटी चोकमा साम्देन लामाको घर अगाडीबाट बिहान बेलुका बितरण हुने र लकडाउनका कारण भोक भोकै बस्नुपर्ने ब्यक्तीलाई सो ठाउमा आएर सेवा लिन क्लबले यस अनलाइन मार्फत आव्हान समेत गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to Gokarneshwor online Site By : SobizTrend Technology